
पहिचान भनेको व्यक्तिको चिनारी हो । हरेक व्यक्तिको आफ्नै विशिष्ट पहिचान हुन्छ । मानिसको पहिचानका अनेकौ आधार हुन्छन् । मानिसले आफ्नो जात, समुदाय, भाषा आदिको आधारमा आफूलाई परिचित गर्ने गर्छन । तर यी सबैभन्दा पनि मानिसको पहिचानको एक भिन्न र विशिष्ट आधार रहेको छन – राष्ट्रियता ।
मेरो देश नेपाल हो । त्यसैले म नेपाली हुनुलाई मेरो पहिचान ठान्छु । विश्वमा म जता गए पनि मानिसले सर्वप्रथम मलाई नेपाली भनेर चिन्ने छन् अनि मात्र उनीहरू मेरा थप जानकारी हेर्नेछन् । तर म उनीहरूको नेत्रमा सिम्रिक रङ्मा रङ्गिसकेको हुन्छु । सिम्रिक रङ्गको किनारमा एउटा निलो सिमाना खिचिएको हुन्छ र उनीहरूले मेरो हृदयमा चन्द्रको शीतलता र सूर्यको तेज देखिसकेका हुन्छन् । राष्ट्रकवि माधव प्रसाद धिमिरेले भन्छन, नेपाली हामी रहौला कहाँ, नेपालै नरहे । यी सुन्दर शब्दहरुमा एक सरल तर गहिरो सत्य लुकेको छ ः एक यस्तो सत्य जसलाई सबै नेपालीले बुझ्नु आवश्यक छ । नेपाल नै मेरो पहिचान हो, मेरो परिचय हो ।
नेपालकै माटोमा मैले जन्म लिएँ, नेपालकै माटोमा उब्जेको अन्नबाली खाएँ र नेपालबाटै पहिचान पाएँ । मेरो देशमा विश्वको सबैभन्दा उच्च हिमाल सगरमाथा छ । एसियाका ज्योति गौतम बुद्धले पनि यहाँ जन्म लिएका थिए । यिनका अतिरिक्त राजर्षी जनक, सीता, वेद व्यास आदि जस्ता अन्य महान् व्यक्तित्वको चरणको स्पर्शले पनि यहाँको माटोलाई थप पवित्र बनाएको छ । नेपाल देवता तथा महान ऋषिहरूको लागी तपोभूमि पनि हो । तसर्थ म स्वप्नभूमि, ज्ञानभूमि र तपोभूमि नेपालको बासिन्दाको रूपमा चिनिन्छु ।
मैले सबै थोक नेपाल आमाबाटै पाएँ । अब मेरो पनि देशप्रति एक कर्तव्य रहेको छ । मैले नेपाल आमालाई जोगाउनुपर्छ । मैले जीवनभरि आङ्खनो पसिना यही माटोमा बगाई अन्तत ः पुन ः फेरि यही माटोमा मिसिनुपर्छ । अनि मात्र नेपालीको पहिचान ः मेरो पहिचान बाँच्छ ।
अत ः नेपाल मेरी आमा हुन्ः मेरो सर्वप्रथम पहिचान हुन् । नेपालकै माटोमा जन्म लिएँ र नेपालबाटै आङ्खनो संस्कार र मूल्य पाएर यहाँसम्म आएँ । नेपालप्रति रहेको ऋण चुक्ता गर्न असम्भव भए तापनि म मेरो देश र मेरो देशका नागरिकको सेवा अवश्य गर्नेछु ।
ओमराज झा १० ‘ए’