
प्रिन्सी यादव ९ ‘जी’
मेरो कलिलो हातले मलाई अक्षर लेख्न सिकाउने
मेरो सानो पाँउले मलाई हिड्न सिकाउने
मेरो नाजुक ओठले मलाई प्रष्ट बोली बोल्न सिकाउने
संसारकै एक मात्र प्यारो व्यक्ति —मेरो बुबा
आफ्नो सपनी छोडी मेरो सपनी पूरा गर्ने
वृक्ष जस्तै कडा तर चिसो सितल दिने
म बालिका छँदा मलाई काखमा बोकी चन्द्रमा हेराउने ।
आज म ठुलिहुदा मलाई सही मार्गमा ल्याउने ।।
छोरामात्र होइन छोरीलाई पनि खुुुला आसमानमा उड्न सिकाउने ।
आफू रमाउने समय जवानीमै त्यागेर सन्तान पाल्ने ।।
सानो छँदा मलाई खेलौना ल्याएर दिने तर आज म
ठुली हुँदा सोही खेलौना जस्तै सम्हालेर राख्ने ।
सजिलो कहाँ छ दुनियाको सामु चरी जस्तै उड्न दिने ।।
म बिरामी हुुँदा मिठो औषधी बनी आँउने ।
आखाँमा आसु होइन केबल शक्ति देखाउने ।।
हजुर बिना जीवन मेरो अन्धकार छ
हजुरको साथ पाउन पाएमा भगवानलाई करौडौँ सलाम ।।