श्रीधर सुवेदी
स्वभावजेन कौन्तेय निबद्धः स्वेन कर्मणा ।
कर्तुं नेच्छसि यन्मोहात्करिष्यस्यवशोऽपि तत् ।। श्रीमद्भगवद्गीता १८/६०
संस्कारका रूपमा निर्माण भएको गुण अनि वर्णका आधारमा आफूले परिपालन गर्नुपर्ने आफ्नै कर्मलाई नै ‘सहज कर्म’ भनिएको हो । कर्तृत्वपन अनि भोक्तिृत्वपनको अभिमानलाई त्यागेर आफ्नो सहज कर्ममा तल्लीन रहने व्यक्तिलेनै अन्ततः आत्मसंयम प्राप्त गर्दछ । संन्यासी बन्न जङ्गल नै जानुपर्ने होइन । भ.गी १८/४९
निरन्तर गरिने कर्मले सफलता र स्पष्ट दृष्टिकोण दिन्छ । हाम्रो धार्मिक ग्रन्थ श्रीमद्भगवद्गीतामा धेरै प्रसङ्गहरू पाइन्छन् । डी.ए.भी. विद्यालय एउटा संस्कृतिले भरिएको धार्मिक विश्वासमा रहेको आधुनिक विद्यालय हो । यहाँ विविधता छ । धर्म, वर्ग, संस्कृति र जातीयताको सम्पूर्ण विद्यार्थी शिक्षकहरू एकताबद्ध भएर आफ्नो लक्ष्य प्राप्तिमा निरन्तर लागिरहेको पाइन्छ । म यस विद्यालयमा ३ वर्ष अगाडि एक सामाजिक शिक्षकको रूपमा प्रवेश गरेको थिएँ । कक्षा ७ डी को कक्षाशिक्षक र कक्षा ८ डीको कक्षाशिक्षक भएर दुई वर्ष अनुभव प्राप्त गरेँ । दोस्रो वर्ष धवलागिरि सदनको संयोजक भएर तेस्रो वर्ष यस विद्यालयमा रहेको मदर टेरेसा सोसियल सर्भिस क्लबको संयोजक भएर काम गर्ने अवसर पाएँ । यस तीन वर्षमा मैले व्यक्तिगत रूपमा प्राप्त गरेको अनुभव र सिकाइहरू छोटकरीमा प्रस्तुत गर्दछु ।
बृहत् संरचना धेरै छात्रछात्राहरू कर्मचारी वर्ग र प्रशस्त शिक्षकशिक्षिकाहरू एक अर्कामा परिचय हुन केही समय लाग्यो । सहृदयी समकक्षीहरूको सरसल्लाहमा कक्षाहरू निरन्तर चलिरह्यो । पोर्टफोलियो कार्य मेरो लागि नयाँ थियो, तर यो विद्यालयको लागि अति महत्त्वपूर्ण कार्य हो । विभिन्न कार्यक्रममा अभिभावक बोलाउने परम्परा यहाँको अर्को सबल पक्ष हो । डोनट विथ ड्याड्, मफिन व्यूथ मदर एक सफल र भावनात्मक कार्यक्रम हो ।
मैले हाउस संयोजक भएपछि धेरै कुरा सिक्ने मौका पाएँ । आफूले गरेका कामको विवरण लेख्ने, आफ्नो सदनका व्यक्तिहरूको मिटिङ गर्ने, विभिन्न कार्यक्रममा सहभागीताका लागि विद्यार्थी छनोट गर्ने, आन्तरिक प्रतिस्पर्धा गराउने । देउसीभैलो, गाईजात्रा प्रदर्शन एक अविस्मरणीय क्षण हो । जहाँ संयोजकले वाचन, भाषण, निर्देशन, कला, पोषाक सबै कुरा बारे जानकारी दिने सिकाउने गर्दा धेरै कुराहरू सिक्ने अवसर प्राप्त भयो । प्रतिस्पर्धा भएकाले अन्य सदनका संयोजकहरू पनि दत्तचित्त भएर लाग्नुहुन्थ्यो । एक अर्कामा सरसहयोग पनि आदान प्रदान गरियो । यस्ता कार्यक्रमले विद्यार्थीहरूमा एकताको भावना वृद्धि हुने समूहमा काम गर्ने वानीको राम्रो विकास हुने गर्दछ ।
तेस्रो वर्ष सामाजिक क्लवको संयोजकको जिम्मा पाएँ । यसमा कार्यक्रमहरू सबै आफैँले नै बनाउने सहभागी छान्ने र सम्पूर्ण जिम्मेवारी लिएर सम्पत्र गर्नुपर्ने हुन्थ्यो । सर्वप्रथम विभागीय प्रमुखसँग परामर्श गरी कार्यक्रमहरू बनाएर प्रधानाध्यापकसँग स्वीकृत गराई कार्यक्रमहरू गरिन्छ । यस वर्ष मैले मुख्य रूपमा १४ वटा कार्यक्रम गरेँ । जस अन्तर्गत पाटन औद्योगिक क्षेत्र भ्रमण, छाउनी संग्रहालय, आर्मी संग्रहालय भ्रमण, सिंहदरबार, नेपाल टेलिभिजन, रेडियो नेपाल भ्रमण गरियो । जुन अति नै महत्त्वपूर्ण रह्यो । पढेको भन्दा आपूmले प्रत्यक्ष रूपमा हेरेको कुरा दीर्घकालसम्म रहन्छ । सिकाइ कार्यमा अवलोकन महत्त्वपूर्ण विधि हो । सहयोगी भावना दिने, संस्कृति बढाउने उद्देश्यले अनाथ आश्रम अवलोकन गरी त्यहाँका बालबालिकाहरूलाई स्टेसनरी, खानेकुरा र केही पुस्तकहरू साथै केही रकम समेत सहयोग गर्यौँ । यो पनि एक महत्त्वपूर्ण कार्य थियो । विद्यार्थीहरू उत्साहजनकरूपमा सहभागी हुनुभयो । बालबालिकासँग साक्षात्कार गर्नु, गीत गाउनु, नाच्नु एक भावनात्मक कार्य हो । सामाजिक विभागीय प्रमुख आरती शर्मा उपस्थित भई गरिएको यो कार्यक्रम अत्यन्त अविस्मरणीय रह्यो ।
त्यस्तै प्रकृतिको अर्को कार्यक्रम अस्पताल भ्रमण हो । विद्यार्थीहरू प्रत्यक्षरूपमा विरामीलाई भेट्ने, कुरा गर्ने केही खानेकुरा दिने कार्य गरियो । यस कार्यक्रममा कामना अधिकारी र शुष्मा लम्सालले साथ दिनुभयो । अर्को महत्त्वपूर्ण काम झम्सिखेलको सरस्वती मन्दिर सरसफाई कार्यक्रम हो । जसमा विद्यार्थीहरू आफू प्रत्यक्ष सहभागी भई सरसफाई गर्नुभयो । धार्मिक क्षेत्रको रक्षा गर्नुपर्छ भन्ने जागृत भयो । ट्राफिक सम्बन्धी जानकारी गराउने उद्देश्यले ट्राफिक मुख्यालयबाट प्रत्यक्ष उपस्थित भएर बुद्ध हलमा रामचन्द्र खनालसरको उपस्थितिमा भव्य कार्यक्रम सम्पत्र भयो । साङ्केतिक भाषा बारेको एक कार्यक्रम गरियो । नेपाल रेडक्रस सोसाइटिका प्रशिक्षकज्यूको उपस्थितिमा जेतवन हलमा विद्यार्थीहरूलाई प्राथमिक उपचार र विपद् व्यवस्थापनका कार्यक्रमहरू गरियो । शैक्षिक कार्यक्रमतर्फ हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरियो । बोर्ड डेकोरेसन, एसेम्बली कन्डक्सन, नियमित बैठकहरू सञ्चालन गरियो । क्लव सभापति अनुष्का शर्मा लगायत सम्पूर्ण एक्प्यूकेटिभ सदस्यहरूलाई धन्यवाद । मलाई प्रत्यक्ष सहयोग गर्नुहुने उपप्रधानाध्यापक रामचन्द्र खनाल, विभागीय प्रमुख आरती शर्मा, संयोजक कृष्ण जोशी सर, शीतल सर, आकाश विश्वकर्मा, दिलिप आचार्य, रेणु विसी, टि. एन् भुजेल लगायत आनीया शर्मा र सर्वानी सुवेदी, नमांशु मिश्र, सोयम थापा, पृथा गुरुङ, शकुन शाहलाई धेरै धेरै धन्यवाद । जुन सुकै दिएको काम सफलताको साथ सम्पत्र गरेर सहयोग पुर्याउनु भएकोमा ।
मैले व्यक्तिगत रूपमा ३ वर्षमा मेरो क्षमता, अनुभव र ज्ञानको आधारमा सकेजति उत्कृष्ट कार्य गर्ने प्रयास गरेको छु । विद्यार्थीवर्गबाट स–साना कुराहरू सिकेको छु । प्रशासनको तर्फबाट प्रकृयाको कुरा सिक्ने मौका पाएँ । समकक्षीहरूबाट प्रेरणात्मक सिर्जनात्मक कुराहरूमा सरसल्लाह पाएको छु । सिकाइ निरन्तर चलिरहने प्रक्रिया हो । यसको अन्त्य छैन । यस्ता सिकाइका कार्यक्रमहरूले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ । अन्त्यमा आफूलाई मनपर्ने काम गर्दा धेरै कुरा सिकिन्छ । त्यसैले हामीले काममै लागिरहनुपर्छ । ढिला चाँडो सफलता प्राप्त हुन्छ । कर्मप्रदान हुनु नै सफलता पाउनु हो । मैले व्यक्तिगत रूपमा भन्नुपर्दा यो ३ वर्षमा धेरै ज्ञान प्राप्त गरेको महशुस गरेको छु । साना साना कुराले धेरै प्रभाव पार्दछ भन्ने कुराको अनुभूति गरेको छु । मलाई जिम्मेवारी दिनुहुने डी.ए.भी. परिवारप्रति आभारी छु ।
श्रीधर सुवेदी
२०८२–११–२५ सोमबार
मैत्रीनगर, कीर्तिपुर