Student Blog Published on 2025-11-25 विभिन्न कुराको खोजमा कुनै दिन आफूलाई नै गुमाउँछु कि भन्ने डर छ मिल्ने भएको भए बाल्यकालको समय फेरि पनि जिउन मन छ न त कसैको डर न त पिर न त अत्यास।। भाग्यमा लेखिएको छ भने फेरि पनि ती बितेका समय जिउन पाइन्छ कि? बस, आमालाई अंकमाल गरी ती समय जिउन मन छ चारैतिर विभिन्न कुराको ढोकाले घेरिरहेको छ मनमा विभिन्न डरको आशय पनि अगाडि बढिरहेकोछ।। के गर्ने गन्तव्य र अस्तित्व खोज्दाखोज्दै कुनै दिन आफूलाई नै गुमाउँछु कि भन्ने डरछ।।